राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा निर्विरोध चित्रकार छनोट

438
kmf]6f] kqsf/sf] gofF sfo{;ldlt sf7df8f}Fdf zlgaf/ cfof]lht /fli6«o kmf]6f]kqsf/ ;d"xsf] ljz]if ;fwf/0f ;efaf6 /fh]Gb| lrqsf/sf] cWoIftfdf lgjf{lrt !% ;b:oLo sfo{;ldlt . t:jL/ M gljg kf}8]n, /f;;

काठमाडौ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)को २२औँ विशेष साधारणसभाले गोरखापत्रको फोटो पत्रकार राजेन्द्र चित्रकारको संयोजकत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । आज काठमाडौंमा आयोजित विशेष साधारणसभाले तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रातोपाटी डट कमका कृष्ण खड्का, महासचिवमा राससका प्रदीपराज वन्त, सचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्षमा न्यूज अभियानका लेखबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा नयाँ पत्रिकाका चन्द्रकला क्षेत्री चयन हुनुभएको छ । सदस्यहरुमा नवराज वाग्ले, तेजबहादुर बस्नेत, शोभा महर्जन, आर्यन धिमाल, गगन अर्याल, सुशीला श्रेष्ठ, मुकुन्द कालिकोटे, प्रदीप श्रेष्ठ र राजेन्द्र थापा रहनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कार्यक्रमको उद्घाटन गर्दै नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको रूपमा स्थापित गराउने एनएफपिजेले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here