नागरिकता सम्बन्धमा आयोग गठन गर्न माग

190

काठमाडौँ/ नागरिकता विधेयकसम्बन्धी सरकारसँग अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्न माग गरिएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्तिशाली नागरिकता छानबिन आयोग गठन गरी अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका हुन् ।

 आज सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नागरिकतासम्बन्धि विधेयक भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिने षडयन्त्रसहित ल्याइएको भन्दै त्यसलाई फिर्ता लिन पनि सरकारलाई दवाव दिएका छन् ।

भारतीय नागरिकलाई नागरिकता दिने काम भइरहे नेपाल छिट्टै भारतमा विलय हुने भन्दै सचेत रहन पनि केसीले नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे ।

भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन अनेक दबाब दिने काम गरिरहेको अध्यक्ष केसीको दाबी छ । राष्ट्रलाई जोगाउन पनि अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न ढिलाई गर्न नहुने अध्यक्ष केसीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here