भारतले फेरी मिच्यो नेपाली भूभाग…६०० वर्गकिमि जग्गा कब्जा

170

काठमाडौं/ भारतले फेरि नेपाली भूभाग अतिक्रमण गरेको खुलासा भएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भू–भाग कब्जा गरेको हो।

६०० वर्गकिलोमिटरभन्दा बढी भारतले जग्गा कब्जा गरेको खुलासा भएको छ । नेपालका २७ जिल्लाको सिमाना भारतसँग जोडिएको छ।

खुला सीमाका कारण भारतले नेपाली भूभाग अतिक्रमण गरेको नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठको दाबी छ। उनका अनुसार सबैभन्दा बढी लिम्पियाधुरा–कालापानीमा ३७ हजार हेक्टर जग्गा भारतले कब्जा गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

भारतले सन् १८५६ देखि लिम्पियाधुरा कब्जा गरेको हो। लिम्पियाधुरा नेपालका सरकारी नक्सामा समावेश गरिएको छैन। २०३२ सालसम्मका नेपालका नक्साले पनि लिम्पियाधुरा नेपालकै भू–भाग रहेका देखाउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here