तेक्वान्दो खेलको अन्तराष्ट्रिय निर्णायकमा दिपेन्द्र उत्तीर्ण

199

काठमाडौं / तेक्वान्दो खेलको अन्तराष्ट्रिय निर्णायक सेमिनारमा दिपेन्द्र ढकाल उत्तीर्ण भएका छन् । नेपाली सेनाबाट तेक्वान्दो खेलको अन्तराष्ट्रिय निर्णायक बन्ने पहिलो व्यक्ति भएका हुन् ।

नेपाली सेनाका तेक्वान्दो खेलाडी दिपेन्द्रले २०५७ सालमा लालीगुँरास तेकवान्दो डोजाङबाट खेल जीवनको सुरुवात गरेका थिए । ढकालले २०६७ देखि आर्मी क्लबमा प्रवेश गरि तेक्वान्दो खेल खेलेका थिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागीता जनाएर सफलता हासिल गरिसकेका उनले दर्जनौं भन्दा बढी राष्ट्रिय खेलहरु सञ्चालन गर्दै आएका छन् । उनले २०७१ सालदेखि विभिन्न प्रतियोगिताहरुमा निर्णायकको भुमिका निर्वाह गरेकम छन् ।

उनले त्रिभुवन विश्व बिद्यालयबाट राजनीतिक शास्त्रमा मास्टर डिग्री सम्म गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here