बाघ संरक्षणमा विश्वले नेपालबाट पाठ सिकोस

172

काठमाडौँ, ९ असोज “विश्वले नेपालबाट पाठ सिक्नु पर्दछ । किनकी नेपालमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघको सङ्ख्या करीब दोब्बर भएको छ ।” यो भनाइ हो विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) का वरिष्ठ उपाध्यक्ष गिनेट्टा ह्याम्लीको हो।

आर्थिक वर्ष २०६६÷६७ मा नेपालमा बाघको सङ्ख्या केवल १२१ मात्रै थियो । सरकारले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा बाघको सङ्ख्या बढेर २३५ पुगेको छ । सरकारले बाघको सङ्ख्या सार्वजनिक गरेपछि कोषको तर्फबाट उक्त प्रतिक्रिया आएको हो ।

कोषले नेपालले आश्चर्यजनक सफलता प्राप्त गरेको र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै खुशी व्यक्त गरेको छ । “विश्वका बाघ पाइने १३ देशमध्ये सानो हिमाली देश नेपालले रोमाञ्चक र अभूतपूर्व सफलता प्राप्त गरेको छ”, कोषले भनेको छ । कोषले कार्यक्रम टिएक्स टु कार्यक्रम सफल बनाउनेमा नेपाल अग्रस्थानमा रहेको जनाएको छ ।

यो एउटा सफलताको उदाहरण हो, वन्य नेपालले जुन प्रकारको श्रेष्ठता हासिल गरेको छ, त्यो आफैँमा अद्विप्तीय छ । बाघको बासस्थान तथा रुचिकर भू–बनोटका कारण पनि संरक्षणमा सफलता प्राप्त भएको कोषको भनाइ छ ।

कोषले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वमा बाघ पाइने १३ देशमध्ये भारतमा दुई हजार २२६, रसियामा ४३३ र इण्डोनेशियामा ३७१ बाघ पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here