दुईतिहाइ घमण्डले फुलेका ओली

227

हुकुमबहादुर सिंह
दुईतिहाइ बहुमतको घमण्डको सिरानीमाथि मस्त निदाएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले युएनको महासम्मेलनमा सहभागी हुन गएका छन् । तर उनको त्यो दुईतिहाइको घमण्ड त छिनभरमै भताभूङ हुने निश्चित छ । किनभने मधेसवादी दलहरूले उनलाई दिएको समर्थनको समयसीमा केबल तिहारभरि चेतावनी दिइसकेका छन् । जहा“सम्म बहुमतको सवाल हो त्यो पनि त्यति बलियो देखिनेवाला छैन । किनभने उनको बहुमत नेकपाभित्रको गुटीय संरचनामा टिकेको छ, जो ओलीको एकलौटी बलमिच्याइँ प्रवृति र व्यवहारलाई लगाम नलगाई अझै पनि दुईतिहाइ बहुमतको घमण्डको सिरानीमाथि मस्त निदाएर शासन गर्ने सपनादेखिरहे भने निश्चित छ, फेरि गिरिजाको पालाको नेपाली कांग्रेसको इतिहास अवश्य दोहोरिने छ ।

मानिसले भन्ने गर्दछन् सफलता सदाको लागि सकारात्मक रहन्छ, तर अनुभवमा ती सफलताकै कारण घेरै असफलता र हारहरू प्राप्त भएका हुन्छन् । सफलताले हार ल्याउने होइन कि यसका कारण मानिसहरू घमण्डले फुल्ने गल्ती गर्दछन् । असफलता र सफलता भनेका ती बाट पाठ सिक्ने हो तर मानिस असफलताबाट निरास बन्ने र सफलताबाट घमण्डी बन्ने गर्दछन् । परिणाम ती दुवै मानिसका लागि घातक बन्न जान्छन् ।

चीनया“ कम्युनिस्ट पार्टीका अध्यक्ष तथा विश्व सर्वहारावर्गका महान् गुरु तथा नेता माओले १२ अप्रिल १९४४मा ‘हाम्रो अध्ययन र वर्तमान परिस्थिति’ भन्ने शीर्षकमा एउटा अति महत्वपूर्ण लेख लेख्नु भएको थियो, जसमा उहा“ले केही उदाहरण दिएर भन्नु भएको थियो कि गल्तीहरूबाट मानिस एउटा हीनताबोधको शिकार बन्न सक्छ तर गल्ती नै नगरेका सधैं सफलतामात्र हात पारेकाहरूमा घमण्ड उत्पन्न हुने गर्छ । माओले चीनको सन्दर्भमा १९२७, १९३०, १९३१ र १९३८को उदाहरण दिंदै भन्नु भएको थियो– ‘हाम्रो पार्टीको इतिहासमा कैयौ यस्ता अवसरहरू आएका छन् जब ठूलो घमण्डले शीर उठायो र परिणामस्वरूप हामीले क्षति ब्यहोर्नु प¥यो । पहिलो अवसर सन् १९२७ को पूर्वाद्धमा थियो । उत्तरी अभियान सेना उहानमा पुगिसकेको थियो र केही कमरेडहरू यति अहंकारी र घमण्डी भएका थिए कि उनीहरूले कोमिन्ताङले हामीमाथि आक्रमण गर्नेवाला छ भन्ने कुरा बिर्से ।

यसको परिणामस्वरूप ‘छन् तू–श्यू कार्यदिशा’को गल्ती भयो, जसले क्रान्ति पराजित भयो । दोस्रो अवसर सन् १९३० मा थियो । फङ् ्यही–श्याङ र येन शि शानविरुद्ध च्याङ काइ–शेकको युद्ध सरदारबीचको युद्धबाट लाभ उठाएर लाल सेनाले कैयौं लडाइँ जित्यो र फेरी एक पटक केही कमरेड घमण्डी र अहङकारी बने । परिणामस्वरूप ली ली–शान कार्यदिशाको गल्ती भयो, जसबाट क्रान्तिकारी शक्तिहरूले फेरी एक पटक क्षति भोग्नुप¥यो । तेस्रो अवसर सन् १९३१ मा थियो । लालसेनाले कोमिन्ताङको ‘घेरामा पार्ने र बिनास गर्ने’ तेस्रो अभियानलाई असफल बनाइदिएको थियो । र, त्यसको तुरुन्तै जापानी आक्रमणको विरुद्ध पुरै देशका जनताले एउटा तुफानी र वीरतापूर्ण जापान विरोधी युद्ध चलाएका थिए र फेरि एक पटक केही कमरेड घमण्डी र अहंकारी बने । परिणामस्वरूप राजनीतिक कार्यदिशामा पहिलेको तुलनामा कैयौ बढी गल्ती भयो । जसको कारण हाम्रा क्रान्तिकारी शक्तिहरू, जसलाई हामीले यत्रो परिश्रमले जुटाएका थियौं, लगभग ९० प्रतिशत समाप्त भयो । चौथो अवसर सन् १९३८ मा थियो । प्रतिरोध युद्ध शुरु भइसकेको थियो र संयुक्त मोर्चा स्थापित भइसकेको थियो कि, एक पटक फेरि केही कमरेड घमण्डी र अहङकारी बने । यसको परिणामस्वरूप उनीहरूले ‘छन् तू–श्यू कार्यदिशा’सँग मिल्दोजुल्दो गल्ती गरे । यसरी यी उदाहरणहरूबाट शिक्षा ग्रहण गर्न आवश्यक छ ।

यी उल्लेखित उदाहरणहरू अहिले ओलीको दुईतिहाइ बहुमतको सरकारमा लागु भएको छ । उनीहरू अहिले घमण्डी र अहङ्कारी भएका छन् । घमण्डले फुलेका ओलीले के के गल्ती गर्ने हुन् र देशको भविष्य कहाँ पुग्ने हो ? आम चिन्ताको विषय भएको छ । [email protected]

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here