दुई तिहाईको दम्भ नदेखाउन ओली सरकारलाई प्रकाण्डको चेतावनी

74

काठमाडौं/ सर्वोच्च अदालतको आदेश पछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड थुनामुक्त भए लगत्तै सरकारको खुलेर आलोचना गरेका छन् । उनले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन  चेतावनी दिएका छन् ।

मंगलबार माईतीघर मण्डलामा आयोजित सभामा रिहा भए लगत्तै आफ्ना कार्यकर्ता तथा समर्थककासामु उनले सरकारले आफूलाई मार्न खोजेको जनाए । सरकारले दुई तिहाईको दम्भ देखाएको आरोप लगाउँदै सरकारले आफू विरुद्ध झुठा मुद्दा लगाएर विभिन्न जाल रचेको जनाएका छन् ।

सरकारले आफूहरुलाई दबाउन चाहे पनि जनादेश अनुसार भने सरकार असफल भएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here