शरीरका विभिन्न दुखाई कम गर्ने घरेलु उपाय

388

अदुवा– अनुसन्धानकर्ताका अनुसार दैनिक एक चम्चा सुकेको अदुवा वा दुई चम्चा काटेको अदुवा समावेश गर्नुपर्छ । मांसपेशीको दुखाईका लागि अदुवामा गिंगेरोल्स नामक तत्व पाइन्छ, जसले दुखाई गराउने हर्मोन उत्पादनलाई रोक्छ।

ल्वाङ– दाँत दुखाईका लागि दाँत या गिजा दुखेको छ भने एउटा ल्वाङ चपाउँदा दुई घण्टामै निको हुन्छ । ल्वाङमा भएको इजेनोल नामक तत्व प्राकृतिक एनेस्थेटिक मानिन्छ ।

प्याजको रस – कान दुखाईका लागि कान दुख्यो भने तातो बनाइएको प्याजको दुई थोपा रसलाई दैनिक दुई दिनका दरले ५ दिनसम्म राख्यो भने कान दुख्ने समस्या निको हुन्छ । यसले अन्य मेडिकल औषधिले भन्दा चाँडो कानको संक्रमण निको पार्छ ।

चेरी– जोर्नी दुखाईका लागि पछिल्लो अध्ययनअनुसार चार महिलामा एक महिला आर्थराइटिसस, क्रोनिक टाउको दुखाई तथा जोर्नी दुखाईबाट पीडित छन् । यस्ता समस्याका लागि चेरीलाई रातो बनाउन मद्दत गर्ने एन्थोसाइनिन्स नामक तत्व पीडा घटाउनमा सहयोगी हुन्छन् । यो आइबुफ्रेन र एस्पिरिनभन्दा १० गुणा बढी प्रभावकारी हुने बताइएको छ ।

माछा– पेटको समस्याका लागि पाचनमा समस्या, दिसा गर्दा समस्याहुने इरिटेबल बाउल सिन्ड्रोमजस्ता समस्या छन् भने माछाको नियमित सेवन प्रभावकारी हुन्छन् । अध्ययनका अनुसार माछामा पाइने इपिए तथा डिएचए नामक फ्याटी एसिडले पेटको जलन तथा पेट दुखाई निको पार्न मद्दत गर्छ ।

दही– महिनावारीअघिको पीडाका लागि विश्वभर ८० प्रतिशत महिलाहरु महिनावरीको चक्रअघि हुने दुखाईबाट पीडित हुन्छन् । यसका लागि दही उपयोगी हुन्छ । दहीमा पाइने क्याल्सियम तथा खनिजले हर्मोनका कारण हुने पीडालाई निको पार्न मद्दत गर्छन् ।

गोलभेंडा जूस– खुट्टाको ऐंठनका लागि अध्ययनअनुसार ५ जनामा एकजना खुट्टाको क्र्याम्प अर्थात् ऐंठनबाट पीडित भइरहेका हुन्छन् । पोटासियमको कमीका कारण यस्तो भएको हो । यसका लागि खानामा पोटासियम समावेश गर्नुपर्छ । दैनिक गोलभेंडाको जुस पिउने हो भने यो समस्या हट्छ ।

बेसार– दुखाई निको पार्न अध्ययनहरुका अनुसार पूर्वीय देशमा निकै प्रचलित बेसार एस्पिरिन, आइबुफ्रेनभन्दा तीन गुणा बढी प्रभावकारी हुन्छ । यसले क्रोनिक दुखाईलाई ५० प्रतिशतसम्म घटाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here