आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाउने पूर्व डिएसपी खड्का पक्राउ

71

काठमाडौं/ नेपाल प्रहरीबाट अवकासप्राप्त पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्का पक्राउ परेका छन् । खड्कालाई साईबर अपराध सम्बन्धी मुद्धामा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।

नेपालगञ्ज स्थायी घर भएका पूर्व डिएसपी खड्का र उनको भाई–बुहारीको बीचमा विगत पाँच बर्षदेखि अंश मुद्धा चलिरहेको छ । खड्काकी भाईबुहारी सुमन खड्काले दिएको साईबर अपराध विरुद्धको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएको एसएसपी सिंहले जनाएका छन् ।

खड्काले चलाउँदै आएको फेसबुक आईडीबाट आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here