विपरित लिङ्गीबीच यौनांगको समागमले मात्र चरम सन्तुष्टी प्राप्त हुन सक्दैन । सन्तुष्टिका लागि दुवैमा विशेष कला हुन जरुरी छ ।
पुरुषलाई स्खलनपछि केही हदसम्म सन्तुष्टी प्राप्त होला तर महिलालाई सन्तुष्टी प्राप्त गर्न त्यति सहज छैन ।त्यसो त अवुझ जिवनसाथी परेको खण्डमा महिलाले जिवनभर यौन सन्तुष्टी प्राप्तहुन र स्वर्गीय आनन्द प्राप्त हुन सक्दैन।
यौन सन्तुष्टि तब प्राप्त हुन्छ जब दुवै यौनसाथी उत्तेजित हुन्छन् । महिला र पुरुष दुबैले दुबैलाई उत्तेजित बनाउन सकेको खण्डमा मात्र दुबैले पूर्ण सन्तुष्टि प्राप्त गर्न सक्छन् ।
पुरुषलाइ भन्दा महिलालाई उतेजनामा आउन बढी समय लाग्छ । यो कुरा पुरुषले बुझ्न नसकेको खण्डमा महिलाले चरमसुख प्राप्त गर्न सक्दैनन् ।
महिलाका १० उत्तेजित अंग जहाँ छुने वित्तिकै उत्तेजना प्राप्त हुन्छ :
स्नेहपूर्वक सुमसुम्याए वा चुम्बन गरेर महिलाहरूमा कामोत्तेजना बढाउन सकिन्छ र महिला यौनसम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन्।
अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उत्तेजना उत्पन्न हुनसक्छ ।
१. पेटको तल्लो भाग
महिला शरीरमा पेटको तल्लो भाग भाग पनि अत्यन्त संवेदनशील हुन्छ । यो भागमा हल्का हातले मसाज गर्दा वा थोरै काउकुती लगाउँदा महिलामा कामोत्तेजना बढ्छ र उनीहरू यौनसम्पर्कका लागि आतुर हुन्छन् ।
२. तिघ्राको भित्री भाग
तिघ्राको भित्री भागको छाला धेरै पातलो हुन्छ र अत्यन्त संवेदनशील हुनेभएकाले त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ । त्यसैले यो भागलाई कामोत्तेजक मानिन्छ । यो भागमा सुमसुम्याए वा चुम्बन गरे महिलाहरूमा कामोत्तेजना वृद्धि हुन्छ र उनीहरू यौनसम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् ।
३. कान
महिलाहरूको प्रमुख कामोत्तेजक अंगमध्ये कान पनि हो । यो शारीरिक एवं मानसिक दुवै रूपमा कामोत्तेजित गर्न सहायक हुन्छ । महिलाहरू को कानमा प्रेमपूर्वक फुसफुसाए, चुम्बन गरे वा जिस्किए उनीहरूको कामोत्तेजना बढ्छ ।
यसबाहेक यौन सम्पर्कका बेला कामुक कुराकानी गर्दा पनि उनीहरूमा कामोत्तेजना हुन्छ ।
४.गर्दनको पछाडिको भाग
गर्दन पछाडिको भागमा केश रेखाको ठीक मुनिदेखि लिएर कानपछाडिको भागसम्म अत्यन्त संवेदनशील हुन्छ । यो हिस्सामा स्पर्श वा चुम्बन गर्नाले महिलाहरूमा कामोत्तेजना बढ्छ र उनीहरूले यौनसम्पर्कमा पर्याप्त आनन्द प्राप्त गर्छन् ।
५. पिठ्युँ
पिठ्युँमा चुम्बन गर्नाले महिलाहरू उत्तेजित त हुन्छन् नै साथै उनीहरूको तनाव पनि कम हुन्छ । यौनमा सक्रिय बनाउन यो स्थानमा आफ्नो मुहारले स्पर्श गर्दै चुम्बन गर्न सकिन्छ ।
६.पाइताला
प्रायः गरी मानिसहरू यो भागलाई बेवास्ता गर्छन्, तर आश्चर्यजनक रूपले यो कामोत्तेजक अंगमध्येको एक हो । पाइतालाको स्पर्श मात्रले पनि महिलाहरूमा कामोत्तेजना जागृत गर्छ । यो स्थान नर्व एन्डिङबाट भरिपूर्ण हुन्छ । फलस्वरूप यो भाग अत्यन्तै संवेदनशील हुन्छ ।
७. हात
महिलाहरूको हात पनि उनीहरूलाई कामोत्तेजित गर्न सहायक हुन्छ । वास्तवमा हत्केलामा कैयन् दबाबबिन्दु हुन्छ । जसलाई दबाउनाले आनन्दमा वृद्धि हुन्छ ।
८. जिब्रो
जिब्रो यौन सम्पर्कका सन्दर्भमा सबैभन्दा संवेदनशील अंग हो । जिब्रोमा चुम्बन गर्ने, चुस्ने वा चाट्ने कामले महिलाहरूमा कामोत्तेजना बढ्ने हुन्छ फलस्वरुप आनन्द प्राप्त गर्ने गर्दछन् ।
९. हातका भित्री भाग
हातको भित्री भागको छाला अत्यन्त पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छन् । यो भागमा प्रेमपूर्ण क्रियाकलाप गर्नाले तुरु न्तै मस्तिष्कसम्म संकेत पुग्छ । यो भागमा यौनसाथीको स्पर्श मात्र पनि महिलाहरूलाई कामोत्तेजित गर्न पर्याप्त छ ।
१०. आँखाको परेला
आँखाको परेला पनि महिलाहरूलाई कामोत्तेजित गर्न सहयोगी हुन्छ । परेलामा प्रेमपूर्व चुम्बन उत्तेजित गर्नका लागि पर्याप्त हुन्छ । परेलाको छाला पातलो हुन्छ र कैयन् उत्तेजक तत्वको उपस्थितिले त्यसलाई संवेदनशील बनाउँछ ।