कांग्रेसमा डा.शेखर कोइरालालार्इ पार्टी सभापति बनाउने खेल सुरु

73

काठमाडौं/ वर्तमान सभापति शेर बहादुर देउवाको विरुद्धमा मोर्चाबन्दी सुरु भएको छ । कोइराला परिवार पछिल्लो समय आफ्नो सम्बन्ध विस्तारका लागि विभिन्न ठाउँमा कार्यक्रम गरी छलफल गर्दै आएका छन् ।

कांग्रेसको सातै प्रदेशमा एकसाथ राखिएको सुझाव संकलन शुक्रबार सकिने छ। सातै प्रदेशमा विधान मस्यौदा समितिले तयार गरेको प्रारम्भिक मस्यौदामाथिको छलफल गर्ने क्रममा प्रदेश १ को विराटनगरमा आयोजित कार्यक्रममा महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्का र डा शेखर कोइराला सहभागी छन्।

यही मौका छोपेर सभापतिका लागि दौडधुप गर्दै आएका डा. शेखर कोइरालाले विराटनगरस्थित आफ्नै निजी निवासमा कांग्रेस प्रतिनिधीहरुलार्इ बोलाएर जलपान कार्यक्रम राखेका छन् ।

प्राप्त सुझावलाई मूल समितिले एकत्रित गरी मस्यौदालाई दशैंअघि अन्तिम रुप दिएर तिहारअघि केन्द्रीय समितिको बैठकमा पेस गरिने मस्यौदा समितिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here