‘अनुराग’ हाउसफुल, टिकट नपाएपछि हलमै दर्शकहरुको नाराबाजी (भिडियोसहित)

93

काठमाडौं/ पत्रकार ऋषि धमलाले निर्माण गरेको नपाली कथानक चलचित्र ‘अनुराग’ हिजोदेखि अल नेपाल प्रदर्शनमा आएको छ । तर, प्रदर्शनको दोस्रो दिन आज शनिबार अनुरागले आक्रमक व्यापार गरेको छ । काठमाडौंका गोपीकृष्ण हल र अष्टनारायण हलमा अनुरागको टिकट नपाएपछि दर्शकहरुले हुलदुंगा मच्चाएका छन् ।

हलमा अनुरागको नाराबाजी लागेको छ । टिकट काउन्टर अघि पत्रकार धमला पुग्दा दर्शकले जनता जान्न चाहन्छन ऋषिजी खोई अनुरागको टिकट भन्दै नाराबाजी गरेका थिए । अनुराग हेर्न दर्शकको घुईँचो लागेपछि धमला खुशी छन् । उनले भने,‘म हलमा पुग्दा एकछिन नाराबाजी नै लाग्यो । उहाँहरुले जनता अनुराग हेर्न चाहन्छन्, तर खोई टिकट ? टिकट छैन त भन्दै नारा लगाएका थिए ।’

गोपीकृष्ण र अष्टनारायणमा विहान र अहिले अपरान्ह दुवै शो हाउसफुल भएको निर्माण पक्षले जनाएको छ ।

सांगीतिक प्रेमकथा जनाइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here