निर्मालाको न्यायका लागि विद्यार्थी परिषदको आन्दोलनले कडा रुप लिँदै

229

निर्मला बलात्कार र हत्या भएको दुई महीना वितिसक्दा पनि सरकारले अपराधीलाई पक्राउ गरि कारवाही गर्न देखाएको हेल्चक्राइ र ढिलासुस्तीको विरोधमा प्राज्ञिक विद्यार्थी परिषद नेपालले देश व्यपी रूपमा विरोध प्रदर्शन गरेको छ ।

रुपन्देहीको बुटवल र सुर्खेतको विरेन्द्रनगरमा युवा विद्यार्थीहरुको सहभागितामा विशाल दबाब र्याली सम्पन्न गरेको छ। विशाल र्यालीमा युवा विद्यार्थीहरुले निर्मलालाई न्याय देउ, नारी सुरक्षा कायम गर, अपराधीलाई कारवाही गर, विद्यार्थी शक्ति राष्ट्र शक्ति , अपराधीलाई बचाउन पाइदैन लगायतका नरा सहित बुटवल र विरेन्द्रनगर परिक्रमा  गरिएको थियो ।

परिक्रमा पछि कोणसभालाई तिर्सना खराल, हरिस बहोरा ,आकृति कंडेल लक्ष्मी कोइराला ,शोभा आचार्य ,दौलत सुवेदी ,गोविन्द भण्डारी र हृदयनन्द शाही लगायतका विद्यार्थी नेताहरूले सम्बोधन गर्दै सरकारले निर्मला बलात्कार र हत्या काण्डका दोषीहरुलाइ कारवाही गर्न नसक्नुले वर्तमान सरकार गैरजिम्मेवारी पना छर्लङ्ग भएको ,अपराधीलाई प्रोत्साहन दिएको र राजनीतिक प्रभावमा घटनाका सबै प्रमाणहरु नस्ट गरिएको भन्दै सरकारको कडा आलोचना गरेका थिए ।

छिटोभन्दा छिटो अपराधी पत्ता लगाइ निर्मलालाइ न्याय नदिए देशका ७७ जिल्लामै कडा आन्दोलन गर्ने विद्यार्थी परिषदका केन्द्रीय सचिव छितराज न्यौपानेले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here