दुई जिल्ला जोड्ने गरी नेपालकै लामो पुल बनाइने

446

पर्वत, १४ असोज । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने गरी कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माण गरिने भएको छ । प्राविधिक हिसाबले पुल निर्माण सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु गरिएको हो । बागलुङ नगरपालिका–१, रामरेखास्थित शहीद पार्कदेखि पर्वतको पाङ्गको अदुवाबारी जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएको कुश्मा नगरपालिकाले जनाएको छ । ।

पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको प्राविधिक टोलीले शुक्रबार गरेको नाप जाँचका क्रममा पुल निर्माण प्राविधिक दृष्टिले सम्पन्न गर्न सकिने जनाएको छ ।

विसं २०५९ देखि पुल निर्माणका लागि विभिन्न चरणमा छलफल, बहस र नाप जाँच भए पनि लट्ठा तान्ने प्रविधि नेपालमा नभएका कारण काम अघि बढ्न सकेको थिएन । कुश्मा र बागलुङ नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि पुल निर्माणका लागि केन्द्रीय तहमा पहल भएको थियो ।

विस्तृत सर्वेक्षणबाट पुलको लम्बाइ करीब ५६७ मिटर हुनेछ भने उचाइ १६० मिटर हुने भएको छ । यो अहिलेसम्म पर्वतका निर्माण भएका चारवटै पुलभन्दा पनि अग्लो हुने भएको छ । पर्वत अग्ला र लामा पुल भएको जिल्लाको नामले समेत परिचित जिल्ला हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here