प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन सांसदहरुको गोप्य भेला

85

काठमाडौं/ प्रधानमन्त्री केपी ओलीको कार्यशैलीबाट आजित भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले सांसदहरुलाई आफ्नो पक्षमा बनाउन लबिङ गर्न थालेको खुलासा भएको छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुलाई आआफ्नो पक्षमा ल्याउन लविङ गर्न थालेका छन् भने यतातिर ओली समूहले पनि आफ्ना सांसदहरुलाई सचेत गराइराखेका छन् ।

दुई दिन अगाडि काठमाडौंमा स्थायी समितिका सदस्यहरुको भेला बेलाएर ओलीविरुद्ध नेपाल रुस्ट भएको खुलासा भएको हो भने नेपालको कदमलाई वामदेव गौतमसहितका ठूला नेताहरुले साथ दिएका छन् ।

नेकपाभित्रको विवाद बढ्दै जाँदा पूर्वएमाले पृष्ठभूमि भएका ४३ जना सांसद र पूर्वमाओवादी केन्द्र पृष्ठभूमि भएका १९ जना सांसदहरुको गोप्य भेला राजधानी भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दवाव दिनका लागि गोप्य भेला भएको छ ।

ओलीले सहज रुपमा प्रधानमन्त्री पदबाट राजीनामा नदिए सामूहिक रुपमा राजीनामा दिएर दवाव दिने योजना ६२ जना सांसदहरुले बनाएका छन् । ओलीलाई दवाव दिनका लागि हस्ताक्षर अभियान पनि चलाउने तयारी गरिरहेको खुलासा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here