धनकुटाको हिले र मोरङको बेलवारीमा नोबेलको स्वास्थ्य शिविर : १६०० बिरामीको निःशुल्क उपचार

189

विराटनगर/ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको वेलवारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १ हजार ६ सय १० जना बिरामीको निःशुल्क उपचार गरेको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँन बेलवारी नगरपालिका–१ बरडागी र धनकुटा नगरपालिका–१ हिलेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

हिलेमा भएको शिविरबाट १ हजार १ सय ४५ र बेलवारीमा भएको शिविरबाट ४ सय ६५ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । वेलवारीको शिविरमा १ सय १० जनाको भिडियो एक्सरे, २९ जनाको ईसीजी र ६५ जनाको ल्यावटेष्ट गरिएको छ । गम्भीर प्रकृति र शल्यक्रिया गर्नुपर्ने २४ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।

शिविरबाट रिफर भएका बिरामीलाई ५० प्रतिसत छुटमा उपचार गरिने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ‘रिफर भएका सवै बिरामीलाई ५० प्रतिसत छुटमा उपचार गर्छौ ।’ उनले भने ‘अत्यन्तै न्यून आर्थिक अवस्थाका बिरामी भेटिएमा छुटको मात्रा बढाउँने वा निःशुल्क उपचार गर्ने गरेका छौ ।’ शिविरमा हाडजोर्नी र छाला सम्बन्धि समस्याका बिरामी बढी आएका थिए ।

त्यस्तैगरी स्वावलम्बन लघुबित्त बित्तिय सस्थासँग समन्वय गरी हिलेमा शिविर सञ्चालन गरिएको हो । शिविरमा धनकुटाको पाख्रीवास, बेलहारा, चुङवाङ, सिधुवा लगायत स्थानका साथै छिमेकी जिल्ला तह्रथुमबाट पनि बिरामीहरु उपचारका लागि आएका थिए । हिलेको शिविरमा दम रोग, हाडजोर्नी सम्बन्धि समस्या, छाला रोग र आँखामा समस्या भएका बिरामीहरु बढी मात्रामा आएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here