हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइनु पर्छ : गृहमन्त्री थापा

80

चितवन/  गृहमन्त्री रामबहादुर थापाले लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइने जानकारी दिनुभएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्नेसम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा उहाँले सरकार एक्लैको प्रयासले यो सम्भव नहुने भन्दै सबै मिलेर यसलाई आन्दोलनको रुपमा अघि बढाउनु पर्ने जनाउनु भएको छ ।

 भ्रष्टाचारी, तस्कर, बलात्कारी जनताका शत्रु भएको जनाउँदै उहाँले यिनीहरुले देशको समृद्धिमा बाधा खडा गरेको जनाउनुभयो । उहाँले यस्ता तत्वलाई निस्तेज बनाएर देशलाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

मदिरा नियन्त्रणका लागि देशभरका प्रत्येक वडामा अनुगमन संयन्त्र गठन गर्नुपर्ने जनाउँदै उहाँले घरेलु मदिरा उत्पादनलाई व्यवस्थित गर्न सकिने जनाउँदै लागुऔषधको स्रोत नै समाप्त पार्नुपर्ने बताउँदै उहाँले त्यसका लागि गृहमन्त्रालय सुक्ष्मरुपमा लागिरहेको जानकारी दिनुभयो । घरेलु मदिरा सङ्कलन केन्द्र स्थापना गरी गुणस्तर परीक्षण गरी बिक्री गर्ने व्यवस्था गर्न सकिने गृहमन्त्री थापाको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here