यसरी सहि तरिकाले भर्नुस डीभी ?

149

काठमाडौं/ यस बर्षको लागी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) आवेदन खुलिसकेको छ । डीभीको आवेदन बुधबार राति ९ः४५ बजेबाट खुलेको हो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२० को लागि डीभीको आवेदन दिन आवहन गरेको हो । उक्त डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहने छ ।

यसरी भर्नुहोस डीभी :

डीभी भर्न चाहनेले तोकिएको समयभित्र http://www.dvlottery.state.gov वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सक्ने दूतावासले जनाएको छ ।

यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भने अनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ ।

डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डीभी पर्‍यो कि परेन् भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ । तपाईंलाई डीभी पर्‍यो यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला ।

तपाईँसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here