बहिरा नागरिक सवारी चालक अनुमति पत्र नपाउँदा आन्दोलित

222

 काठमाडौं/ सवारी चालक अनुमति पत्र सरकारले नदिएको भन्दै बहिरा नागरिकहरु सडक आन्दोलनमा उत्रिएका छन् । बहिरा नागरिकहरुले शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

‘म बहिरा, सवारी साधन चलाउन नपाउने ?’ लेखिएको प्लेकार्डसहित शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका उनीहरुले चालक अनुमति पत्र अब पनि नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

बहिरा नागरिकहरुले सरकारको विभिन्न निकायमा गरिएको आग्रह सुनुवाई नभएपछि आफूहरु सडक आन्दोलनमा गर्न बाध्य हुनु परेको राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले जानकारी दिए ।

महासंघले २०६१ साल पुस ९ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग पटक–पटक सवारी चालक अनुमति पत्र दिन माग गर्दै आएपनि त्यसलाई सरकारले बेवास्ता गरेपछि सडक आन्दोलन सुरु गरेको हो ।

अध्यक्ष अधिकारीले सवारी चालक अनुमति पत्र तत्काल उपलब्ध गराउन र त्यसका लागि आवश्यक परे छलफलका लागि बोलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here