बौद्ध प्रहरी प्रमुख डेढ लाख घुससहित कार्यालयबाटै पक्राउ

258

काठमाडौँ, २१ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ ।

आयोगको टोलीले उनलाई शनिबार साँझ करिब ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको जानकारी दिएका छन् । उनलाई एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here