युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ : डा.शर्मा

194

विराटनगर/ नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएरपनि अवसर नपाउँदा उनीहरु ओझेलमा परेको डा.शर्माको भनाई छ ।

नृत्य, गायन, अभिनय लगायत बिभिन्न बिधाका प्रतिभाहरु गाउँ–गाउँमा रहेको भन्दै डा.शर्माले उनीहरुमा भएको प्रतिभा उजागर गर्ने वातावरण मिलाउँनुपर्नेमा जोड दिए । थारु समुदायका युवायुवतीको प्रतिभा उजागर गर्ने कार्यक्रम भएकाले नोबेलले थारु आइकनको प्रायोजन गरेको उनले जनाए ।

फरक प्रसंगमा डा.शर्माले थारु आइकनबाट उत्कृष्ट एक जनालाई नोबेल मेडिकल कलेजमा निःशुल्क पढ्ने व्यवस्था मिलाईदिने घोषणासमेत गरेका छन् । थारु कला केन्द्रको आयोजनामा सञ्चालित थारु आइकनको यहि असोज २७ गते विराटनगरमा फाईनल हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here