ʻछक्का पञ्जा ३ʼ प्रदर्शनमा, मल्टिप्लेक्स हलका शोहरु हाउसफुल

258

काठमाडौं/ वर्षकै प्रतिक्षित चलचित्र ʻछक्का पञ्जा ३ʼ दशैंमा घटस्थापनाको अवसर पारेर प्रदर्शनमा आएको छ । चलचित्रले पहिलो दिन (आज) मल्टिप्लेक्स हलमा मात्रै ५५ शो पाएको छ । आज अधिकाँश मल्टिप्लेक्स हलका शोहरु हाउसफुल छन् ।

सिंगल र मल्टिप्लेक्स गरी देशभरका झण्डै १ सय ४५ हलका २ सय पर्दामा चलचित्र प्रदर्शनमा आएका निर्देशक दीपाश्री निरौलाले जानकारी दिईन् । दर्शकको उत्साहलाई मध्येनजर गर्दै सोमबार साँझबाटै मल्टिप्लेक्स हलमा चलचित्रको अग्रिम बुकिङ खुला गरिएको थियो ।

चलचित्र ब्यानरको ब्राण्ड, स्टार कलाकार, गीतसंगीत र ट्रेलरका कारण प्रतिक्षित रहेको चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय मुख्य भूमिका छ । प्रियंका कार्की, संजोग कोइराला, वर्षा राउत, स्वस्तिमा खडका, दीपाश्री निरौला अतिथि भूमिकामा देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here