काँग्रेस बैठक अनिश्चितकालका लागि स्थगित

188

काठमाडौं/ नेपाली काँग्रेस बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

काँग्रेसले पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न गर्न असोज २५ गतेलाई बोलाएको बैठकमा अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक अनिश्चितककालका लागि स्थगित भएको हो ।

‘अर्को बैठकको समय निश्चित त भइसकेको छैन, सायद अब दशैं अघि बैठक बस्न सम्भव छैन’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘छलफल गरेर दशैलगत्तै बैठक राखिन्छ ।’

सोमबार सिटौला, सिंह र केसी पक्षको बैठक बसेर सभापति देउवाले पार्टीमा विधि विधान विपरित एकलौटी निर्णय गर्न थालेको भन्दै आपत्ति जनाएका थिए । त्यसै दिन उनीहरुले असोज गते २५ बस्ने बैठक बहिस्कार गर्ने घोषणा गरेका थिए। यद्यपी काँग्रेसले औपचारिक रुपमा बैठक स्थगित गरेको घोषणा भने गरिसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here