काठमाडौ ७ बाट पछि हटे बामदेव

190

नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतम काठमाडौ ७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् । गौतमको निर्णय विरुद्ध पार्टीबाटै चर्काे विरोध र आलोचना भएपछि गौतमले आफ्नो निर्णयबाट पछि हट्ने निणर्य गरेका हुन् । गौतमले विहिबार पार्टीका शीर्ष नेताहरुसँग भेट गरेपछि परिस्थिति आफू अनुकुल नरहेको भन्दै आफ्नो निर्णयबाट पछि हटेको उनी निकट नेताले बताएका छन् ।
गौतम काठमाडौबाट सांसद उठ्ने निर्णय गरेपछि पार्टी भित्र र बाहिर समेत उनको प्रतिकुल वातावरण बन्दै गएको थियो । उनलाई सांसद बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालले असोज २२ गते बसेको सचिवालय बैठकमा रामवीर मानन्धरले राजिनामा दिन लागेको जानकारी गराएका थिए । दाहालले बामदेवका लागि मानन्धरले ठाउँ खाली गर्न लागेको जानकारी बैठकमा गराएपनि सचिवालय सदस्य ईश्वर पोखरेलले उक्त प्रस्तावको तत्कालै विरोध गरेका थिए । मानन्धरले २३ गते पत्रकार सम्मेलनमार्फत आफूले राजिनामा गर्न लागेको जानकारी गराएपछि पार्टी भित्रै बामदेवका लागि प्रतिकुल अवस्था सिर्जना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here