माइक्रोवेभको प्रयोगले निम्त्याउछ गर्भपातददेखी क्यान्सरसम्मको खतरा

153

माइक्रोवेभको प्रयोग जति सजिलो छ त्यति नै खतरा पनि छ। यसको प्रयोगले मानिसको समय बचाउन मद्धत गर्छ भने मानिसको स्वास्थ्यमा निकै हानि समेत पुर्याउने गर्छ ।

एक अनुसन्धानका अनुसार माइक्रोओभनबाट खतरनाक इलेक्ट्रो म्यागनेट रेडिएसन निस्कने गर्छ, जसले गर्भमा रहेको शिशुको मस्तिष्क, मुटु तथा मांसेपशीमा असर पुर्‍याउन सक्छ भने गर्भपात समेत हुनसक्छ ।

माइक्रोवेभको प्रयोगले गर्दा स्वास्थ्यमा आउने विभिन्न  समस्याहरु यस्ता छन् :

१) माइक्रोवेभमा नियमित रूपमा पकाएको खाना खानाले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने गर्छ । परिणामस्वरूप, शरीरले विभिन्न व्याक्टेरिया वा जीवाणुका कारण हुनसक्ने संक्रमणलाई रोक्न सक्दैन व्यक्तिलाई विभिन्न रोगको संक्रमण हुने गर्दछ ।

२) माइक्रोवेभमा खाना पकाउने तथा तताउनाले खानाको पौष्टिकता ६० देखि ९० प्रतिशतसम्म कम हुने गर्छ । खाद्यान्नको संरचनामा नै परिवर्तन हुने भएकाले यस्ता खाना खानाले फाइदाको सट्टा हानि पुर्‍याउने गर्छ

३) माइक्रोवेभबाट उत्पन्न हुने विकीरणले दूध तथा दालमा क्यान्सरजन्य तत्वको निर्माण गर्छ । यसमा पकाइएको खानेकुुरा खानाले रगतमा क्यान्सरको कोशिकाको संख्या बढ्ने गर्छ ।

४) माइक्रोवेभमा खाना पकाउदा खाना चाँडै पाक्नुका साथै कम समयमै खाना तातो त हुन्छ तर यसबाट उत्पन्न हुने हानिकारक विकीरणले खाद्य पदार्थमा यस्तो परिवर्तन गराइदिन्छ कि मानिसको पाचन प्रणालीमा गडबडी देखा पर्छ ।

५) माइक्रोवेभमा कम समयमा खाना पाक्छ । जसका कारण खाद्य पदार्थको पौष्टिकता नष्ट हुने गर्छ । यस्ता खाद्य पदार्थको सेवनले असमयमै अनुहार चाउरी पर्नुका साथै समयअगावै बुढ्यौली निम्तने गर्छ । यसमा बनाएको खाना खानाले छाला सम्बन्धी क्यान्सर हुने खतरा वृद्धि हुन्छ ।

६) माइक्रोवेभमा पकाएको खाना खाने व्यक्तिको मस्तिष्कमा समेत यसले प्रतिकूल प्रभाव पार्छ । यसले मानव मस्तिष्कमा अल्पकालीन तथा दीर्घकालीन प्रभाव पार्ने गर्छ ।

७) माइक्रोवेभमा बनाएको खानाको सेवनले हर्मोन सम्बन्धी समस्या निम्तने गर्छ । माइक्रोवेभमा बनाएको खाना खानाले हर्मोनको निर्माण प्रक्रियामा असर पर्छ । यसले महिलालाई मात्र नभई पुरुषको हर्मोनलाई समेत प्रभावित पार्छ ।

८)नियमित रूपमा माइक्रोवेभमा बनाएको खानाको सेवन गर्नाले व्यक्तिको स्मरण शक्ति, एकाग्रता तथा वौद्धिक क्षमतामा प्रतिकूल असर पर्छ ।  यसबाट आउने विकीरणकै कारण व्यक्तिमा एकाग्रताको कमी हुनुका साथै भावनात्मक अस्थिरता कायम हुने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here