एप्पल र सामसुङलाई मोबाइल सुस्त बनाएको आरोप

90

एजेन्सी / स्मार्टफोन सुस्त चल्दा सामान्यतया प्रयोगकर्ताले आफ्नो फोन बदल्ने गर्छन् । तर आफ्नो बिक्री बढाउनको लागि तपाई हामीले बोक्ने मोबाइलका चर्चित ब्राण्डले सुनियोजित रुपमा आफ्ना पुराना ह्याण्डसेटलाई सुस्त बनाउने रहेछन् ।

इटालीको एक नियामक संस्थाले संसारका दुई चर्चित मोबाइल निर्माता कम्पनीहरु एप्पल र सामसुङले बिक्री बढाउनको लागि आफ्ना पुराना ह्याण्डसेटहरुमा नियमित नयाँ अपडेट पठाएर सुस्त बनाएको पत्ता लगाइएको छ ।

इटलीको प्रतिस्पर्धा नियमक एक प्राधिकरणले बुधबार एप्पल र सामसुङलाई यो गतिविधि गरेको आरोपमा क्रमशः १.१५ करोड डलर र ५७ लाख अमेरिकी डलर जरिवाना तिराएको छ ।  यी कम्पनीहरुविरुद्ध यो प्रकारको यो पहिलो सजाय भएको मानिएको छ ।

संसारभरनै यी कम्पनीहरुले आफ्ना पुराना ह्याण्डसेटहरुमा अपरेटिङ सिस्टम अपडेट गर्न प्रोत्साहित गर्ने गरेको र त्यी अपडेट भएका ओएसले फोनलाई सुस्त बनाएको प्राधिकरणको आरोप छ ।
सुस्त मोबाइलबाट हैरान भएर अन्ततः ग्राहकहरु मोबाइल फोन किन्न बाध्य हुन्छन् ।

एण्टी–ट्रस्ट अथोरिटी(एजीसीएम)ले गरेको जाँचबाट एप्पल र सामसुङले यो अनुचित व्यापारिक क्रियाकलापहरु अपनाएको पत्ता लागेको हो ।

एजीसीएमकाअनुसार यी दुई कम्पनीहरुले ग्राहकहरुलाई त्यस्ता सफ्टवेयर अपडेट इन्स्टल गर्नको लागि प्रोत्साहित गरे, जसलाई उपकरणले सम्पूर्ण रुपमा थेग्दैनथे ।

यस प्रक्रियामा कम्पनीहरुले न त ग्राहकहरुलाई सम्पूर्ण सुचनाहरु दिएका थिए, न त ग्राहकहरुलाई फोन पुरै ठीक गर्ने कुनै प्रभावकारी व्यवस्था नै जनाए ।

एजीसीएमले आफ्नो फैसलामा ‘अपरेटिङ सिस्टम अपडेटका कारण फोनको गतिमा गम्भीर असर देखियो’ भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here