मन्त्रालयको काम प्रधानमन्त्रीले तुरुन्त थाहा पाउन मोबाइल एप्स बनाउने

99

काठमाडाैं /  प्रधानमन्त्रीले मन्त्रालयको कार्य प्रगति हेर्नका लागि मोबाइल एप्लिकेसन बनाउने जनाएको छ ।

प्रधानमन्त्री कार्यालयलाई प्रविधिमैत्री बनाउनका लागि र मन्त्रालयले गरेका गतिविधिहरू प्रधानमन्त्रीले तुरुन्त थाहा पाउनका लागि यस्तो योजना बनाएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरले जनाए ।

 उनले भने– ‘प्रधानमन्त्रीज्यूले हातमै मोबाइलबाट कुन मन्त्रालयले के–के काम गरिहेको छ भन्ने हेर्नका लागि एप्लिकेसन निर्माणको चरणमा छौँ । यो तिहार अघिसम्म निर्माण भइसक्छ ।’

जनताले भोगेका समस्या र गुनासा सम्बोधनका लागि एप्लिकेसन बनाउने र गुनासा माथि के कति प्रगति भयो त्यसबारे पनि एप्सबाटै जानकारी दिने लक्ष्य राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here