कालो झण्डा देखाएर खानेपानी मन्त्रीको विरोध

276

कञ्चनपुर / खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई कालो झण्डा देखाइएको छ ।

बिहीबार बेलौरी कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरी उद्योग बाणिज्य संघले आयोजना गरेको पर्यटन तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउँदै गर्दा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका हुन्।

बेलौरीमा आयोजित व्यापार मेलाको उद्घाटन दिउँसो १२ बजे राखिए पनि बिहान १० बजे देखिनै विरोध प्रदर्शनका लागि  प्रमुख प्रतिपक्ष दल काँग्रेस कार्यकर्ताहरु एकत्रित भएको खबर फैलिए पछि पुर्व निर्धारित समय भन्दा झन्डै साढे ४ घन्टा विलम्ब गरि व्यापक सुरक्षाको बन्दोबस्तीका साथ कार्यक्रम स्थलमा पुग्नुभएकाे थियाे ।

आन्दोलनकारीलाई झुक्याउदै नीजी नम्बर प्लेटको गाडी प्रयोग गरि मन्त्री मगरलाई कार्यक्रम स्थलमा ल्याइएको थियो ।

४:२५ बजे बेलौरी पुग्नुभएकी  मन्त्री मगरलाई झन्डावाला गाडीमा नराखी नीजी गाडीमा राखेर ठूलो संख्यामा रहेका सुरक्षाकर्मीहरुले आन्दोलनकारीलाई झुक्याउदै कार्यक्रम स्थल सम्म पुगाएका थिए ।

पुनर्वास बाट बेलौरी आउदै गर्दा मन्त्री मगरलाई महोत्सव स्थल भन्दा डेढ किमि पुर्वको रिछाहामा प्रमुख प्रतिपक्षी काँग्रेस कार्यकर्ताहरुले कालो झन्डा देखाएका हुन ।

जिल्लाको दक्षिणी क्षेत्रको बेलौरीमा पहिलो पटक आयोजना गरिएको महोत्सवमा मन्त्री मगरको सुरक्षार्थ बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कैलाली कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी स्थित सीमा नाकाको स्तरोन्नति गर्नुको साटो कैलालीको खक्रौलामा नेपाल – भारत नाका बनाएको भन्दै नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का कार्यकर्ताहरुले विरोध स्वरुप कालोझण्डा देखाएका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here