काभ्रेमा जिप दुर्घटना, डिआइजी र पत्रकारसहित तीनको मृत्यु

150

काभ्रे – आज शनिबार काभ्रेमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डिआइजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको छ।

डिआइजी भण्डारीसँगै पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश–३ संयोजक विनोद कार्कीको मृत्यु भएको हो । जिप सडकबाट झण्डै पाँचसय मिटर तल खसेको थियो ।

बा३च २८७ नम्बरको जिप  दुर्घटनामा घाइते भएका भण्डारीको उपचारका लागि धुलिखेल अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको साथै  दुर्घटनामा अरु तीनजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइते हुनेमा काभ्रेका ४२ वर्षका धनराज पुरी, चालक काभ्रेकै प्रदिप बोगटी र काठमाडौँका विनोद कुमार गौतम रहेका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here