बलराम बुढाथोकी
खोटाङ । गाई बस्तु बाँध्न बनाइएको जस्तो देखिने खोल्मा घरमा चित्राले बारेर बनाईएको ढोका छ । चित्राको ढोकाबाट भित्र पस्ने बित्तिकै खाना पकाउनका लागि बनाईएको अगेनो देखिन्छ । त्यही खोल्माको एक कुनामा एउटा खाट छ । खाटमाथि एक पुरुष सुतिरहेका छन् । अनुहार हेर्दा समान्य जस्तो देखिएपनि उनी उठ्न र हिडडुल गर्न सक्दैनन् । यो दृष्य हो खोटाङ जिल्ला दित्तेल रुपाकोट मजुवागडी नगरपालिका वडा नं. ८ निवासी तिर्थबहादुर खत्रीको । उनी यो खाटको ओछ्यानमा सुतिरहेको ४ महिना भएको छ ।
खत्री गत असार ६ गते घाँस झार्न रुखमा पस्दा लडेर घाइते भएका थिए । उनी रुखबाट लडेपछि उनका भाई मनिकर्ण खत्रीले उपचारकालागि खोटाङ जिल्ला हस्पिटल दित्तेल पु¥याए । तर त्यहाँ उपचार नहुने भएकाले काठमाडांैको ट्रमा सेन्टरमा पु¥याएका थिए । ट्रमा सेन्टरमा उपचारका लागि ३ दिन राखेपछि उनको ढाडको मेरुदण्ड भाँचिएको रिपोर्ट आयो । उपचार के कसो हुन्छ भनेर सोधपुछ गर्दा उनको सामान्य उपचार हुने तर पहिलेको जस्तो हिडडुल गर्नसक्ने अवस्था नहुने डाक्टरहरुले सुझाव दिएपछि अन्ततः खत्रीलाई घरै फर्काइयो । उनका हात खुट्टा पनि चल्न छोडेका छन् । उनलाई दिसा पिसाब गराउन छुट्टै अर्काे व्यक्तिको आवश्यक पर्छ ।
खत्रीका ८ जना छोराछोरी छन् । जस मध्ये २ जना छोरा रहेका छन् भने ६ जना छोरी छन् । हुर्के बडेका २ जना छोरीहरुको विवाह भइसकेको छ । आर्थिक अवस्था कमजोर भएको हुँदा ती २ छोरीहरुले पढ्न पाएका थिएनन् । छोराहरु साना–साना करिव ९ वर्ष र ६ वर्ष जतिका छन् । खत्रीको आर्थिक अवस्था पनि कमजोर रहेको छ । उनको वर्षभरी खान पुग्ने आफ्नै जग्गा जमिन छैन । उनलाई मायाँ दयाले उनका दाजु भाईहरुले गरिखान केही जग्गा दिएका थिए । उनले मेलापात र अर्मपर्म गरेर आफ्ना छोराछोरीहरुलाई पालेका थिए ।
आर्थिक स्थिति कमजोर भएकै कारण वडा अध्यक्षले उनका एक छोरालाई पढाई दिने भएका छन् । खत्रीले भने–‘मेरो जिन्दगी त जाने भयो तर मेरा छोराछोरीहरुको पनि बेहाल हुने भयो । मेरी श्रीमतीको पनि त्यस्तो अवस्था छ, मैले अर्मपर्म गरेर छोराछोरी पालेको थिएँ । अब कसरी घर व्यवहा चल्छ सोच्न सकिरहेको छैन ।’
उनकी श्रीमती सुष्त मनस्थिति जस्तो देखिन्छिन्। उनकी श्रीमतीले गरेका कुराहरु अरुले बुझ्न सक्दैनन् भने उनले अरुका कुराहरुपनि स्पष्टसँग बुझ्न सक्दिनन् ।