स्वास्थका लागि फाइदै फाइदा रायोको साग

581

हरियो सागपात भन्ने बितिक्कै हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि यो तरकारी फलाउन सकिन्छ ।

धेरैलाई थाहा नहुन पनि सक्छ रायो तरकारी मात्र नभएर स्वास्थका लागि पनि निक्कै फलदायक हुन्छ ।  रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता  स्वास्थ समस्याबाट मुक्ति पाउन सकिन्छ ।

१. जोर्नी र हड्डी बलियो बनाउँछ : रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभदायक छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्नुका साथै  यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ ।

२. महिनावारीमा राहत दिन्छ : रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।

३. शरीरका विकार फाल्छ : रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीन वटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् ।  शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।

४.स्मरणशक्ति बढाउँछ : उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

५. आँखा तेजिलो बनाउँछ : रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।

६ . मुटु बलियो बनाउँछ : मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग लाग्न नदिन रायोको साग खानुपर्छ ।

७. क्यान्सरबाट जोगाउँछ : रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो । भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

८.डन्डीफोर कम गर्छ : रायोको सागमा पाइने तत्वले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउन रायोको सागको सेवन फलदायी हुन्छ ।

९. गर्भवतीलाई लाभ गर्छ : गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन के को कमीका कारण यस्तो हुने गर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भवती महिलाका लागि लाभकारी  हुन्छ ।

१०.रुघाखोकीबाट जोगाउँछ : रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।

११. पत्थरी हुन दिँदैन : पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।

१२. बाथका रोगीलाई राहत दिन्छ : रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here