कृषि र पूर्वाधार क्षेत्रमा कतारको लगानी भित्र्याउन छलफल हुँदै

108

काठमाडौ, कात्तिक १२ । राष्ट्रपति विद्यादेवी भण्डारीको आज देखि सुरु हुने चारदिने औपचारिक भ्रमणका क्रममा नेपालमा लगानी भित्र्याउने केही विषयमा सम्झौता हुने जनाइएको छ । कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा कतार प्रस्थान गर्न लागेकी राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा
कृषि र पूर्वाधार निर्माणका क्षेत्रमा कतारको लगानी र प्रविधि भित्र्याउने विषयमा छलफल र केही महत्वपूर्ण सम्झौता समेत हुने परराष्ट्रमन्त्रालयले जनाएको छ । नेपालको हिमाली पानी प्रशोधन गरी कतारमा निर्यात गर्ने विषयमा समेत छलफल अगाडि बढेको मन्त्रालयले जनाएको छ । नेपाल र कतारबीचको आवागमनलाई सहज र निकट बनाउन सीधा हवाई उडान र कूटनीतिक राहदानीवाहकलाई प्रवेशाज्ञाविना नै आवतजावतको अनुमति दिने सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here