गौचनको हत्यामा संलग्न मुख्य सूटर पक्राउ

91

काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचनलाई गोली हानी हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् । अमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीले अभियूक्त अमर रानामगर शरदका सूटर रहेको जनाएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको छ ।

अदालतले गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here