प्रधानमन्त्रीको स्वास्थ सुधार हुँदै

78

ज्वरो तथा श्वास प्रश्वास लगायतका समस्याका कारण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

उपचारमा संलग्न डाक्टरहरुका अनुसार ओलीको स्वास्थ्यमा सोमबार बिहान भर्ना गर्ने बेला भन्दा धेरै सुधार आइसकेको छ । प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरिरमा चिनीको मात्रा असन्तुलन भएपछि अस्पताल भर्ना गरिएको थियो । डाक्टरहरुका अनुसार प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको छ । उनी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन हर्ट सेन्टरमा उपचाररत छन् ।

दशैको टिकापछि बिरामी भएका प्रधानमन्त्री ओलीले निवासमै औषधी सेवन गरेर आराम गरिरहेका थिए । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । ओली शनिबार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन सकेका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here