सिद्धार्थ बैंक र नेपाल मेडिसिटी अस्पतालबीच विशेष सम्झौता

202

 काठमाडौं / भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र सिद्धार्थ बैंकबीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ बैंकका कर्मचारी, भिषा डेबिट, तथा क्रेडिट कार्डका उपभोक्तालाई विशेष सहुलियत प्रदान गरिने सहमति भएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका सहायक महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले स्वास्थ्य उपचार नेपालीहरुका लागि सहज बनाउन नेपाल मेडीसिटी अस्पतालले सिद्धार्थ बैंकसंग सहकार्य गरी अगााडि बढ्ने जनाउनुभयो । नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी स्वस्थ नेपाली अभियानलाई मूर्त रुप दिन बैंकहरु सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै बैंकका तर्पmबाट सम्झौता कार्यक्रममा उपस्थित हुनुभएका सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक महर्जनले बैकका ग्राहकहरुलाई सहुलियत र सुविधाजन्य उपचारका लागि नेपाल मेडीसिटीसंग आफुहरुले सहकार्य गरेको र आगामी दिनमा अस्पतालका विभिन्न प्याकेजहरु आफ्ना ग्राहकहरुलाई बैंकको तर्फबाट उपलब्ध गराउने योजना रहेको बताउनुभयो । त्यस्तै, वहा“ले जनमानसमा स्वास्थ्य सचेतना वृद्धि गर्न यस किसिमका सहकार्यले महत्वपूर्ण भूमीका निर्वाह गर्नेमा विश्वास समेत व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here