आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा

100

काठमाडौं / नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तै– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।

क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही श्री नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित हुनुभएको हो । सेवाग्राही मल्लले नगद रू. १,००,००० /– ( अक्षेरूपी एक लाख ) प्राप्त गर्नुहुनेछ ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख संचालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेललेको उपस्थिती रहेको थियो ।

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भइसक्नुभएको छ ।

योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नुहुनेछ । आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनुभएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना जारी राखेको छ ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत रू.१००० को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू. १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू. २० (बिस) लाख नगद प्रदान गरिनेछ ।

नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापना कालदेखि नै गर्दै आइरहेको छ ।

‘लक्की ड्र’ बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुने छैन ।

विजेताले प्राप्त गर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ । योजनाको सर्वाधिकार यस कम्पनीमा निहित हुनेछ । विस्तृत जानकारी कम्पनीको आधिकारिक वेवसाइट, सामाजिक संजाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीय सम्पर्क कार्यालय एवम् प्रतिनिधि, विदेशस्थित सम्बन्धित कार्यालय, केन्द्रीय कार्यालय एव संचार माध्यममार्फत् प्राप्त गर्न सकिनेछ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here