नेपाल एयरहोस्टेसको छैटौं व्याच ‘ग्र्याजुयशन’ सम्पन्न

318
Nepal Airhostess Academy (NAA) Second Graduation Ceremony 2018 of Sixth Batch. Location: Om Adhyay Resort Tistung Palung Lens: Prabin Kulung Rai

काठमाडौं । नेपाल एयर होस्टेस एकाडमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं व्याचको ‘ग्र्याजुयशन’ कार्यक्रम मकवानपुर स्थित टिस्टुङको ‘ओ अध्याय रिसोर्ट’मा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा १८ जनाले तालिम लिएका थिए । सम्पूर्ण तालिम प्राप्त विद्यार्थीहरुलाई उक्त एयरहोस्टेस एकाडमीमा अध्यापनरत शिक्षकहरु नितामनि सिंह ठकुरी, वलराम ठकुरी तथा सरोजा केसीद्धारा प्रमाणपत्र हस्तान्तरण गरीएको थियो ।

नेपाल एयर होस्टेस एकाडमीले दश जोड दुइ पास गरेका वा परिक्षा दिएर वसेका कम्तिमा ५ फिट ३ इन्च उचाइ भएका महिला र ५ फिट ७ इन्च उचाइ भएका पुरुषहरुलाई अन्तर्रा्ष्ट्रिय स्तरको ४ महिनाको एयर होस्टेस तालिम दिदै आइरहेको छ । सम्पूर्ण वर्गलाई ध्यानमा राखेर न्यूनतम शूल्क लिई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरको विज्ञ प्रशिक्षकहरुबाट ट्रेनिङ प्रदान गरिरहेको छ । हाल नेपाल एयरहोस्टेस एकाडमी कमलादीमा तालिम लिइसकेका सयौं युवायुवतीहरु राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय हवाई कंपनीहरुमा रोजगारीको अवसर प्रदान गरि हाल सम्म काम गरिरहेको संस्थाका अध्यक्ष प्रदिपराज वन्तले जनाएका छन् ।

हाल नेपाल लगायत अन्य मुलुकहरुमा एयर होस्टेसका माग वढ्दो रहेकाले देशैभरिका युवायुवीहरुको रुचीको विषय वनेको पाइन्छ साथै विगतको तुलनामा तालिम लिनेको संख्या पनि उल्लेख्यमात्रामा वढ्दै गएको छ । त्यस्तै तालिम दिने संस्थाहरु पनि खुल्दै गएका छन् भने तालिम कुन संस्थाले राम्रो दिन सकिन्छ भनेर प्रतिस्प्रर्धा भएकोले तालिम लिनेहरुलाई झनै फाइदा पुगेको वन्तले जानकारी दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here