नैतिक अस्त्रले भेदन गर्नै नसक्ने गैंडाको छालाजस्तो नेपाली चरित्र !

404

चन्द्रप्रकाश बानियाँ
हामी दाजुभाइहरू छुट्टिभिन्न हुँदा मेरो अंशमा एउटा ‘ढाल’ पनि परेको थियो र आज पर्यन्त मेरो जन्मभूमि म्याग्दीस्थित घरमा सुरक्षित छ । शत्रुपक्षको शस्त्राघातबाट बच्नका मिमित्त उपयोग गरिने ढाल पुरातनकालमा गैडाको छालाबाट बनाइन्थ्यो । मसँग रहेको ढाल कति पुरानो हो भन्ने जानकारी नभए पनि चाँदीको फुलीहरूले सिंगारिएको उक्त डाल कम्तिमा पनि ५०० वर्ष पुरानो होलाजस्तो लाग्छ । मेरो जन्म गाउँमा आजसम्म पनि मलाई ‘बुढाघरे कान्छो’ भनेर चिन्ने मानिसहरूको संख्या ठूलै छ । १६,००० पर्वराज्य निर्माणकालमा मेरा एकजना पुर्खाले ‘जेठाबुढा’ को पदवी पाएका थिए भनिन्छ । लेख्य इतिहास प्रमाण त फेला पर्दैन तर उनै जेठाबुढाको सन्तान बसोबास गर्दै आएको घरघडेरीलाई ‘बुढो घर’ भनिएको हो भनिन्छ । म वास्तवमा मेरा पिताजीले बनाएको नयाँ ठाउँको नयाँ घरमै जन्मेको हुँ तापनि बुबाको नयाँ घरले उनै जेठाबुढाको नामस्मृतिस्वरूप बुढोघरको नाम पाएको हो भनिन्छ । मसँग रहेको ढाल त्यही जमानका होला भन्ने अनुमान लाग्दछ ।

हाम्रो मुलुक नेपाल एकसिङ्गे गैडाको देश भनेर चिनिन्छ । पुरातन कालमा गैडाको छालाबाट शत्रुशस्त्रकोे घात रोक्ने ढाल बनाइँदो रहेछ । गैडाको सिङ्को वैज्ञानिक र चिकत्सकीय उपयोग पनि हुन्छ भनिन्छ । त्यो सुने सुनाइएको कुरा मात्रै हो । हिन्दूधर्मसंस्कृतिमा गैडाको छाला, मासु, लगायत सिङलाई पवित्र मान्ने चलन छ । धर्मसम्बन्धी धेरै पुस्तकहरूमा श्राद्धभोजनका लागि आमन्त्रित ब्राह्मणलाई गैडाकै छालामा विराजमान गराएर गैडाको मासु खुवाउने हो भने दिवगंत पितृहरू अनन्त कालसम्म तृप्त रहन्छन् भनेर लेखिएको भेटिन्छ । गौडाको खाकबाट बनेको खगौताबाट तर्पण दिने हो भने पितृले तत्काल प्राप्त गर्छन भन्ने मान्यता पनि छ । खाकलाई संस्कृतभाषामा ‘दौहित्रो’ पनि भनिन्छ । ‘त्रिणी श्राद्धे पवित्राणी दौहित्रो कुतपस्तिला’ भनेर श्राद्धकर्ममा पवित्रतम मानिने तीन चिजहरूमध्ये एउटा खगौतो पनि हो भन्ने मान्यता राखेको प्रमाण धर्मग्रन्थहरूमा भेटिन्छ । धर्मशास्त्रले भनेजस्तै गैडाको खाक पवित्र होस् वा नहोस्, गैडाको छालाभने अन्यन्त बलियो प्रकृतिको हुन्छ । गैडाको शरीरको विशेष मर्मस्थलबाहेक अन्यत्र राइफलको गोलीले पनि भेदन गर्न सक्तैन भनिन्छ । त्यही कारणले तरवार, खुकुरी र धुनषकाणकै भरमा युद्ध गरिने जमानामा गैडाको छालाबाट शस्त्रप्रतिरोधक ढाल बनाउने गरिएको हो ।

विज्ञानले पुराना शस्त्रहस्लाई विस्थापित गरिदियो । नयाँ नयाँ शस्त्रअस्त्रहरू निर्माण भएका छन् र तिनीहरूबाट जोगिन नयाँ नयाँ ढाल अर्थात प्रतिरक्षा प्रणालीहरूको पनि विकास गरिएको छ । गैडाको छाला अब मानिसका लागि बलियो प्रतिरक्षाअस्त्र नबन्ने भयो । अर्थात गैडा मरिहाल्यो वा मारियो भने उसको छाला होइन, सिङ मात्र निकालेर सुरक्षित गरिन्छ । गैडाको छालाको प्रयोग सायद अबको जमानाका लागि उपयोगी रहेन । तर नेपालीहरूको चरीत्र भने दुरुस्त गैडाको छालाजस्तै अभेद्य र असम्वेदनशील बन्दै गैरकहेका छ । भन्ने बेलामा धनुर्वाणभन्दा शब्दवाण तिखो हुन्छ भनिन्छ तर नेपालीहरूलाई शब्दबाट अभिव्यक्त हुने झटारो पटक्कै लाग्दैन । लाग्न छोडिसकेको छ । अनुरोध, चेतावनी वा धम्की जस्ता कुनै कुराले पनि नेपालीहरूलाई नछुने भैसकेको छ । भ्रष्टाचार गर्न हुदैन भन्ने नीतिकथाहरू पढाइन्छ, यतिखेर त हरेक विहान काम प्रारम्भगर्नुपूर्व ‘भ्रष्टाचार नगर्ने’ कसम खाएर कर्मचारीले काम सुरु गर्छन् । परम्परा सुरु भएको तीस दिन नपुग्दै २७ जना कर्मचारीहरूलाई अख्तियारले घुसरकमसहित रङ्गेहात पक्राउ गरेको कुरा सार्वजनिक भएको छ । यो त समातिएको अंक हो, समातिनबाट जोगिनेहरूको संख्या सयमा होइन, हजारमा गन्न पनि सकिन्न होला । अर्थात नेपालीहरूको नैतिकतारूपी छालालाई कानून र सदाचारजस्ता मामुली कुराले छुँदै छँुदैन । त्यो मामलामा नेपाली चरीत्र चितवने गैडाको छालाभन्दा पनि अभेद्य बनेको छ ।

सानो एउटा प्रसङ्ग यतिखेर विश्वव्यापी बन्दै आएको ‘मी टू’ भन्ने अभियानको उठाउँ । हाम्रो समाज भारतनिर्देशित मात्र होइन, भारतप्रभावित पनि रहँदै आएको कुरा सत्य हो । हिजो पनि भारतीय सांस्कृतिक अतिक्रमणको चपेटामा परेरै नेपालीसमाज हिन्दूकृत भएको हो । आजसम्म पनि सांस्कृतिक अतिक्रमणबाट हामी मुक्त हुन सकेका छैनौ. । झन् उताको अपसंस्कृति त अनुशरणको प्राथमिकताको विषय बन्दै अएको छ । विडम्बना कस्तो छ भने उता पनि धेरै राम्रा कुराहरू हुन्छन् भन्ने त होइन तर एकादुई असल उदाहरणहरू हाम्रो लागि अनुकरणीय बन्दैनन् । दुई तीन महिना अघिको कुरा हो, ‘मी टू’ अभियानले एकजना भारतीय मन्त्रीको जागिर खाइदियो । यौन उत्पीडनको वात लागेपछि नैतिकताको आधारमा मन्त्रीले पदबाट राजीनामा गरे । ती मन्त्रीले गरेको पूर्वकर्म गलत भएपनि पछिल्लो उदाहरण भने अनुकरणीय विषय हो भन्नुपर्छ । एक अर्थमा प्रशंसनीय कार्य हो । गल्ती स्वीकार्नु आफैमा अब्बल ‘प्रायश्चित्त’ मानिन्छ । गल्तीवापत आफैलाई दण्डित गर्ने ‘स्वदण्ड’को अनुपम उदाहरण थियो त्यो । नेपालकै सन्दर्भमा पनि एकजना भूतपूर्व मन्त्रीले आफैलाई आफ्नै घरमा नजरबन्दको सजाय घोषणा गरेको उदाहरण नभएको त होइन तर त्यसलाई स्वभाविक प्रतिमानाको रूपमा लिने आम प्रचलन बनिसकेका भने छैन ।

हालसालै मात्र एउटा प्रदेशसरकारका बहालवाला मन्त्रीबाट उनको पूर्व मेयरकालमा मातहतकी महिला कर्मचारीलाई यौन उत्पीडन हुन गएको घटना सार्वजनिक भयो । मीटु अभियानमा जोडिने साहस देखाउने ती महिलाले कानूनी उपचार खोजकी होइनन् । पूर्व मेयरबाट क्षतिपूर्तिको माग गरेकी पनि छैनन् । उनले दिव्य १५ वर्ष आफ्नो मुटुभित्र दवाएर राखेको पीडा ओकलेकी मात्र हुन् । विश्व महिलाजगतमा आएको एउटा जागरणको लहरमा सामेल भएकी मात्र हुन् । उनको उद्देश्य केवल नारीजागरण अभियानमा सहभागी हुने र आफूजस्तै उत्पीडनमा परेका दिदीबहिनीहरूलाई बर्षौदेखि छातीभित्र दवाएर राखेको पीडा ओकल्न प्रेरित गर्नु मात्रै थियो । पीडा पोख्न पाउँदा पनि आधा व्यथा कम हुन्छ भनिन्छ । हो, त्यही अभियानमा सहभागी भएकी हुन् । अवश्य पनि त्यो अभियानले आगामी दिनका लागि कामान्ध पुरुषसोचलाई सतर्क हुन वाध्य बनाउला कि भन्ने आशा हुने नै भो । भविष्यमा आफूजस्तै आफ्ना छोरीचेलीहरू प्रताडित हुन नपरोस् भन्ने आसय रहने नै भो । उनको चेष्टालाई प्रतिशोधको रूपमा बुझ्नु गलत हो । घटना भएको हो होइन भनेर छानवीन गर्ने वा अड्डा अदालतबाट प्रमाणित गर्ने कुरा होइन । मीटू अभियानको मान्यता सम्वेदनशील विषयमा महिलाहरू झुटो बोल्न सक्तैनन् भन्ने रहेको छ । किनकि उत्पीडकलाई न्यायको कठघरामा उभ्याउने वा क्षतिपूर्ति भराउने उद्देश्य नरहेपछि आफू वदनाम हुनुपनेर्् जोखिम महिलाहरूले उठाउन सक्तैनन भन्ने मान्यता हो । पूर्वमेयरलाई लागेको आरोप एउटा नैतिक प्रश्न हो । त्यसको प्रतिवाद मिडियावाजीबाट गर्नु उपयुक्त होइन । आफू निष्कलङ्क हो भने पनि त्यसलाई प्रमाणित गर्र्ने नैतिक धरातल आफैले सिर्जना गर्नुपर्छ । अर्थात पदबाट राजीनामा गरेर आप्mनो निर्दोषिता प्रमाणित गर्ने चेष्टामा लाग्नु राम्रो हुन्थ्यो । तर गैडाको छालाजस्तै बाक्लो चरीत्र भएका नेपालीहरूलाई नैतिक प्रश्नले छुने कुरै भएन । सोनी टिभीले सञ्चालन गरेको लोकप्रिय टिभि कार्यक्रम ‘इन्डियन आइडोल’को एकजना निर्णायकले पनि त्यही कारणले हालसालै आफ्नो कार्यभार परित्याग गरेका छन् । राम्रो कुराको पनि अनुकरण गरौं, नयाँ परम्परा बसालौं न हो मित्रहरू ! पशुपतिनाथको भूमि भनिने नेपालमा नैतिकताको कुनै मूल्य बाँकी नरहेकै हो र ? कि आउँदै छ मन्त्रीजीको राजीनामा …?!!! जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here