‘सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने’

85

काठमाडौँ, १५ कात्तिक । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ तराई मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा नीति नियमका बारेमा अवगत गराइएको छ ।

मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा नेपाली सेनासम्बन्धी समसामयिक विषयमा सम्बन्धित विभागका रथीहरुले प्रस्तुतीकरण गरेका थिए । उक्त अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको समेत उपस्थिति थियो ।

उक्त अवसरमा नेपाली सेनालाई समयसापेक्ष आधुनिकीकरण र पेशागत व्यावसायीकरण गर्न अवलम्बन गर्नुपर्ने विषयमा छलफलसमेत भएको थियो । कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ र रक्षामन्त्री पोखरेलले आ–आफ्नो मन्तव्य राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here