जथाभावी बोल्ने मन्त्री स्थापितको पद धरापमा

189

काठमाडौं / बुधबार मन्त्रिपरिषद्को बैठक सकिएपछि प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणी पौडेललाई गालिगलौज गरेका थिए ।

चुनावको बेला नै स्थापितले आफुलाई प्रदेश ३ को मुख्यमन्त्रीको रुपमा प्रचारबाजी गरेपनि उनि सो पदको लागि छनौट नभइ पौडेल भएपछि स्थापित उनिसँग विभिन्न बहानामा पटक–पटक विवाद गर्दै आएको कुरा बाहिरिएको छ ।

सोहीक्रमको निरन्तरता दिंदै उनि मुख्यमन्त्री पौडेलसँग बुधबार तल्लो स्तरमा उत्रेर जथाभावी बोलेको प्रदेश ३ का एक मन्त्रीले सञ्चार माध्यमलाई जनाएका छन् । स्थापितलाई बर्खास्त गर्ने विषयमा पार्टीमा परामर्श गर्न मुख्यमन्त्री पौडेल काठमाडौं आउने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनले पदीय मर्यादाको ख्याल नगर्दै मुख्यमन्त्रीलाई गरेको दुर्व्यवहारका कारण उनलाई मन्त्री पदबाट हटाउने  तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here