नेपाललेअरु देशभन्दा भन्दा राम्रो ढंगले काम गर्नुपर्छ : विश्व बैंक

309

काठमाडौं / विश्व बैंकले नेपाल भूराजनीतिक रुपमा अन्य देशभन्दा असहज अवस्थामा रहेको जनाउँदै नेपालले हिजो भन्दा राम्रो मात्रै हैन, अरुको भन्दा राम्रो ढंगले काम गर्नुपर्ने  जोड दिएको छ ।

काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी कार्यक्रममा विश्व बैंकमा नेपाल निर्देशक चिमाओ फ्यानले आफूहरुले सरकारले गरेका नीतिगत परिवर्तन र सुधारलाई ध्यानपूर्वक हेरेर निश्कर्ष निकालिएको जनाए ।

फ्यानले नेपाल सन् २०३०सम्म मध्यमस्तरको आय भएको मुलुक बन्ने भएकाले सरकार रेमिट्यान्समा भन्दा अन्तै केन्द्रित भएको देखिएको जनाए । तर, सार्वजनिक स्रोत पर्याप्त नभएकाले निजी क्षत्रेको सक्रिय सहभागिता आवश्यक रहेको उनले जनाए । विश्व बैंकले यसकै लागि जोड गरिरहेको जनाउँदै निर्देशक फ्यानले विकासलाई गतिमा लैजान आर्थिक र राजनीतिक वातावरण सुध्रिनुपर्छ ।

लगानी आकषिर्त गर्न पूर्वाधार, ठूलो बजार, तथा पारदर्शी र सहयोगी नीति आवश्यक रहेकोमा जोड दिँदै उनले सरकारले त्यसका लागि काम गर्नुपर्ने जनाए ।

‘सरकारले केही गर्न खोजेको छ । तर, पहिले नै धेरै काम गर्न बाँकी थिए, त्यसैले अहिले भएका काम पर्याप्त छैनन्,’ निर्देशक फ्यानले भने,’ अब नेपालले विकासमा लागि सबै विकल्पहरु प्रयोग गरेर अघि बढ्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here