रातभर होटल रेष्टुरा सञ्चालन गर्न दिन माग

84

बुटवल / रातभर व्यवसाय सञ्चालन गर्न दिन बुटवलका होटल रेष्टुरा व्यवसायीले माग गरेका छन् ।

बुटवल यातायात सेवाको ट्रान्जिट प्वाइन्ट, प्रदेशको अस्थायी राजधानी, अन्तर्राष्टिय पर्यटकीय स्थल लुम्बिनी र गौतमबुद्ध विमानस्थको नजिककैको रहेको शहर भएकाले रातभर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको तर्क छ ।

इट्टाभट्टीदेखि योगीकुटीसम्मको कालिकापथ क्षेत्रलाई होटल जोनको रुपमा विकास गर्न स्थानीय सरकारसंग माग गरेका व्यवसायीले मंसिरसम्म माग पूरा नभए अदालत जाने चेतावनी दिएका छन् ।

प्रहरी प्रशासनले राति १० बजे नै सिठ्ठी फुकेर बन्द गराउँदा व्यवसायी र पाहुना दुबै मारमा परेको उनीहरुको गुनासो छ ।

रुपन्देहीमा क, ख र ग वर्गका गरी ९ सय रेष्टुँरा तथा तीनै वर्गका होटल ७ सयको संख्यामा रहेका छन् । रुपन्देहीका होटलमा एक रातमा ६ हजार पाहुना राख्न सकिन्छ । बुटवलमा ४ वटा दोहोरी साँझ र एउटा डान्स बार सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here