१२ देशका श्रममन्त्री नेपाल आउँदै

93

काठमाडौं / नेपालमा १२ देशका श्रममन्त्री आउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कात्तिक २९ र ३० गते काठमाडौंमा आयोजना गर्ने संयुक्त बैठक (कोलम्बो प्रोसेस) मा सहभागी हुन उनीहरू आउन लागेका  हुन् ।

कात्तिक २९ गते उच्च सरकारी अधिकृत र ३० गते मन्त्रीस्तरको बैठक हुनेछ। बैठकमा नेपाल, इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी हुनेछन्। बैठकको अध्यक्षता नेपालले गर्नेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले १२ देशका मन्त्रीसँगको बैठकमा कामदारको करारपत्र एउटै ढाँचाको बनाउन प्रस्ताव गर्ने तयारी भएको जनाए । एउटै खालको करारपत्र बनाउनसके सबै देशका कामदारले समान तलब, सेवासुविधा पाउनेछन् ।

 वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट ४३ लाखभन्दा बढी वैदेशिक रोजगारीमा गइसकेका छन्। यी १२ देशबाट वार्षिक २५ लाखभन्दा बढी कामदार खाडी र मलेसिया रोजगारी गर्न जान्छन्।अन्नपूर्ण पोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here