मन्त्री पदबाट बर्खास्त भए केशव स्थापित

164

 काठमाडौं / प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित पदबाट बर्खास्त भएका छन् । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थापितलाई पददबाट बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

बुधबार मन्त्रिपरिषद् बैठकमा बर्खास्तीमा परेका मन्त्री स्थापित र मुख्यमन्त्रीबीच चर्काचर्की भएको थियो । बैठकमै मुख्यमन्त्री डोरमणि पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गरेको आरोप स्थापितमाथि लागेको थियो ।

स्थापितलाई मन्त्रिपरिषद्बाट हटाउन मुख्यमन्त्री पौडेल र अर्का मन्त्री कैलाश ढुंगेल प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शका लागि राजधानी आएका थिए । बुधबार मन्त्रिपरिषद् बैठक सकिएलगत्तै स्थापितले अशिष्ट व्यवहार गरेको गुनासो सुनाउँदै उनले कारबाहीका लागि प्रधानमन्त्रीसँग अनुमतिसमेत मागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here