तुलसिपुर / चाडबाड नजिकिए सङगै बजारमा किनमेल गर्नेहरुको भिड लागेको छ । सर्वसाधारणहरु सडकमै राखिएका फुटपाथ पसलहरुमा किनमेल गर्दा बजारमा झनै अस्तव्यस्त देखिएको छ । बजारका मुख्य चोकहरु यतिबेला भरिभराउ देखिन्छन् ।
सडकमै किनमेल गर्नेहरुको सङ्ख्यामा समेत बृद्धिभएपछि दुर्घटनाको सम्भावना बढेको स्थानीय ब्यबसायि तथा तुलसिपुर उधोग बाणिज्य सङघका उपाध्यक्ष मिनराज भण्डारीले जनाउनुभयो । यता नागरिक अगुवाहरूले तुलसिपुर बजारमा लामोसमयदेखि पार्किङ व्यवस्थापन र सडक फराकिलो पार्ने अभियान सफल नभएको भन्दै चिन्ता ब्यक्त गरेका छन । अहिले चाडपर्वको मुखमा भारतबाट आएका फुटपाथे व्यवसायीहरुले गर्दा बजारमा झनै समस्या थपिएको किराना व्यवसायी हेमराज गौतमले जनाउनुभयो ।
हामी सटरमा महङ्गो भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका छौ राज्यलाई निरन्तर कर तिर्दै आएका छौ तर करपनि नतिर्ने , दर्ता नगर्ने फुटपाथमा सिजनको मात्रौ व्यवसाय गरेर बजारमा समस्या पैदा गर्नेहरूलाई स्थानीय निकायले तत्काल रोक्नपर्छ गौतमले भन्नुभयो ।
यता तुलसिपुर उप महानगरपालिकाका प्रमुख प्रसासकिए अधिकृत आनन्द सारुले आफुले तत्कालै बजारमा देखिएका अबरोधहरु हटाउने जनाउनुभयो । उहाँले सडक र फुटपाथमा अवरोध र दर्ता बिना व्यवसाय सञ्चालन गर्नेहरुलाई नगर प्रमुखको समन्वयमा व्यवस्थापन गरिने समेत जानकारी दिनुभएको छ ।