काठमाडौं / नेपाल आइडलमा कम भोट पाएर टप टेनबाटै बाहिरीए पनि सुमधुर आवाजकी धनी मेनुका पौडेल आफुसंग भएका प्रतिभा प्रस्फुटन गराउने क्रममा भारतीय टेलिभिजन को चर्चित रियालिटि सो सारेगामापाको इतिहासमै पहिलो पटक नेपालीले तहल्का मच्चाइरहेकि छिन ।
शनिबार रातिमात्र जी टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छानिएकी उनले लता मंगेशकरको आवाजमा रहेको ‘जाने क्या बात है ’ गीत गाउँदा शोमा उपस्थित जजसँगै जुरी मेम्बरलेहरू आँशु झारेका थिए। उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरू र उपस्थित अन्यले स्ट्याण्डिङ ओभिसनसमेत दिएका थिए ।
जजको रुपमा रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे। उनको गायनमा शेखरले आफ्नो आँसु थाम्नै सकेनन्। ‘तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन,’ उनले भनिन्।
नेपाली रियालिटी शो नेपाल आइडलबाट सांगीतिक बजारमा आएकी गायिका मेनुका पौडेल नेपाल आइडलमा कम भोट पाएर टप टेनबाटै बाहिरीए पनि उनले आफ्नो सांगीतिक करियरलाई अगाडि बढाइरहिन्। सांगीतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन्।