गच्छदार कांग्रेस उपसभापतिमा नियुक्त

129

 काठमाडौं / कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार नियुक्त भएका छन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले विधानको बाधा अड्काउ फुकाउको माध्यमबाट उपसभापति बनाएका हुन् ।

आज बसेको कांग्रेस केन्द्रीय समितिबाट गच्छदार उपसभापतिमा नियुक्त भएका हुन् ।

गच्छदारको मनोनयन राजनीतिक निर्णयमा गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । कांग्रेस महासमिति बैठक २८ मंसिरदेखि ३ पुससम्म हुने पनि उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here