भारतमा अलपत्र परेका ४० नेपाली महिलाको उद्धार

457

काठमाडौ २० कात्तिक । भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ ।
खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो । गाजियावादको इन्द्रपुरममा अलपत्र परेका ३७ महिलालाई भारतीय प्रहरीको सहयोग तथा दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा माइती नेपाल र माइती इण्डियाले गत कात्तिक ६ र ७ गते उद्धार गरेको थियो । उनीहरूलाई आवश्यक परामर्शपछि पारिवारिक पुनःस्थापनाका लागि आज नेपालगञ्ज ल्याइएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।
भारतीय प्रहरीको सुरक्षामा उनीहरूलाई नेपालगञ्ज पु¥याइएको थियो । उद्धार गरिएकामा झापाका सबैभन्दा धेरै १० जना रहेका छन् । उनीहरूलाई परिवारको सम्पर्कका आधारमा घरसम्म पु¥याइने उहाँले जानकारी दिनुभयो । खाडीमुलुक कुवेत र साउदीमा मासिक रु ५० हजार तलब मिल्नेगरी रोजगारी दिलाइदिने आश्वासन पछि आफूहरू जान तयार भएको उनीहरुले बताएका छन् ।
सत्र जना, १३ जना र सात जना गरी ३७ महिलालाई छुट्टाछुट्टै स्थानमा राखिएको अवस्थामा उद्धार गरिएको माईती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेले बताए । अलपत्र महिला बेचबिखनको जोखिममा रहेका सूचनाका आधारमा छापा मार्दा भारतीय केदार नामका एक जना पक्राउ परेको पाण्डेले जानकारी दिनुभयो । केदारले खाडी मुलुकमा नेपाली महिला पठाएबापत प्रतिमहिला चार लाख भारतीय रुपैयाँ आफूले पाउने गरेको भारतीय प्रहरीसामु बयान दिएको उनले जानकारी दिए ।
यस्तै दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलाको पनि उद्धार गरिएको छ । उनीहरूलाई तीन महिना पहिला दिल्लीको जिवीरोडस्थित १५६ नं कोठीबाट उद्धार गरिएको माइती इण्डियाका संस्थापक पाण्डेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here