एकाएक भाइरल भएको निर्मला पन्तको रंगोली कसले बनाए ?

642

काठमाडौंं /  कंचनपुरकी १३ वर्षीया निर्मला पन्तको रंगोली बनाएर लक्ष्मीको पुजा गरेको तस्बिर एकाएक भाइरल भएको  छ ।

तिहारको  लक्ष्मी पुजाको दिन धेरैले आफ्नो  आफ्नो तरिकाले रंगोली बनाएर फेसबुकमा आफुले बनाएको रंगोली पोष्ट गरेका छन्  ।

यसै बीच दोलखा जिल्लाको जिरी नगरपालिका स्थित वडा नम्बर ४ का सरोज जिरेलले निर्मलाको पन्तको रंगोली बनाएर तस्बिर आफ्नो फेसबुकमा पोष्ट गरेका छन्।

उनले आफ्नो फेसबुकमा निर्मला पन्तको  रंगोली बनाएर ‘निर्मला पन्त लाई न्याय दिन नसक्ने हरुले आजको दिनमा लक्ष्मीको पुजा गर्नु धिक्कार छ! किनकी एउटि लक्ष्मीलाई अन्याय र अर्किलाई पुजेर अपराध लुकाउनुको कुनै अर्थ छैन!’ लेखेका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here