दुई बहिनीहरुलाई सरकारी निवास बोलाएर प्रधानमन्त्रीले लगाए भाइटीका

288

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार सरकारी निवासमै भाइटीका लगाएका छन् ।

११ बजेर ५५ मिनेटको शुभ साइतमा  उनले दुई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।

प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दछन् । उनीहरु दुवैलाई काठमाडौं बोलाइएको थियो ।

चिकित्सकहरूले आराम गर्नु भनेकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here